नेपालगन्ज, माघ ९ कांग्रेस बाँकेका नेताहरुबीच एक आपसमा हात हालाहाल भएको छ
। नेपालगन्जस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको आकस्मिक
बैठकमा उपस्थित कांग्रेस नेताहरुबीच हात हालाहाल भएको हो ।
जिल्ला सभापति डा। अरुण कोइरालाले आइतबार जिल्ला कार्यसमितिमा पदाधिकारी
मनोनितका लागि नाम सहितको प्रस्ताव बैठकमा राखेपछि विवाद उत्पन्न भएको थियो
।
बांके कांग्रेसमा तीन वटा पद मनोनित गर्न बाँकी थियो । सभापति कोइरालाले
मनोनित हुने उपसभापतिमा रमेश गुप्ता, सचिवमा टेक नारायण भुषाल र सह सचिवमा
रविन्द्र हमालको नाम सहितको प्रस्ताव पढेर सुनाएपछि ती नाम मान्य नहुने
भन्दै बैठकमा उपस्थित अन्य कार्यसमितिका पदाधिकारीले प्रस्तावमा असहमति
जनाएका थिए ।
उक्त प्रस्तावमा सहमति जनाउन कोइरालाको पक्षमा सदस्य सत्यनारायण बर्मा र
मनोनितमा नाम परेका तीन जना सहित चारजना उभिएका थिए भने विपक्षमा कोइरालाका
निकट मानिएका कांग्रेस जिल्ला कोषाध्यक्ष सहित २० जना उभिएका थिए ।
सभापति कोइरालाले ल्याएको प्रस्तावको विपक्षमा वहुमत भएपछि बैठक स्थगितको
घोषणा सुनाउने वित्तिकै चर्को विवाद भएको थियो । त्यसपछि पक्ष र विपक्ष बीच
हात हालाहाल भएको नेपाली कांग्रेस क्षेत्र न। ४ का क्षेत्रिय सभापति
महेन्द्रले बताए । हमालले बाके क्षेत्र न। ४ का जनतालाई वाइपास गरेर सभापति
कोइरालाले ल्याएको एकलौटी प्रस्तावलाई कुनैपनि हालतमा स्विकार नगर्ने बताए
।



