सिरहामा जिल्ला प्रशासन कार्यालय घेराउका क्रम प्रहरीले लाठी चार्ज गर्दा २५ जना घाईते

एमाले सिरहाले गरेको जिल्ला प्रशासन कार्यालय घेराउका क्रममा प्रहरीले लाठी चार्ज गर्दा २५ जना घाईते भएका छन् । घाईते मध्ये लक्ष्मी सिंह, ईनर मण्डल, गीता देवी यादव, राम चलितर यादव र माधव सिंहको अवस्था गम्भीर छ ।

 

 प्रहरीले बल प्रयोग गरेपछि भागदौड मच्चिएको थियो । प्रहरीको लाठी प्रहारवाट धेरै जनाको टाउको फुटेको र हात खुट्टा भाच्चिएको छ ।

 

 अहिले सिरहा तनावपुर्ण बनेको हाम्रा संवाददाताले जनाएका छन् । एमाले सिरहाले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद विडारी र एसपी राजेशकुमार लाल कर्णलाई हटाउनु पर्ने माग गर्दै आज दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो ।