संविधान निर्माणतर्फको बेवास्ताले देशमा विदेशीको हितमा विदेशीले नैसंविधान बनाईदिने स्थिति बन्दै: मजदुर किसान पार्टी

सिराहा, १० माघ । नेपाल मजदुर किसान पार्टीकाकेन्द्रीय सचिव एवं सभासद सुनिल प्रजापतिले ठूला दलका नेताहरुमा बढ्दै गएकोपरनिर्भरता र संविधान निर्माणतर्फको बेवास्ताले देशमा विदेशीको हितमा विदेशीले नैसंविधान बनाईदिने स्थिति बन्दै गएको बताउनुभएको छ ।


   केन्द्रीय सचिव प्रजापतिले उक्तविचार ३८ औं पार्टी स्थापना दिवसका अवसरमा नेमकिपा सिराहा जिल्ला समितिद्धारासिराहाको ठाडीबजारमा आयोजित कार्यकर्ता भेलामा ब्यक्त गर्नुभएको हो ।


   ठूला दलका नेताहरुजनभावनाबारे गम्भीर भएनन् भने देशमा संविधान बन्ने संभावना अत्यन्त न्यून भएकोबताउँदै उहाँले समयमा संविधान नबनेमा देशको स्थिति थप जटिल बन्नेछ भन्नुभयो ।


   समयमै संविधान बनाउन नेमकिपालेगर्नुपर्ने सम्पूर्ण कार्य गरेको स्पष्ट पार्दै सभासद् प्रजापतिले जनभावना रजनआकांक्षा अनुकूलको समाजवादउन्मुख संविधान बन्नुपर्ने नेमकिपाको जोड रहेकोछ भन्नुभयो ।


   स्थानीय निकायलाईजनप्रतिनिधिािहीन अवस्थामा राख्नु प्रजातन्त्रको मूल्य र मान्यताविपरीत भएको प्रष्टपार्दै उहाँले अहिलेको तीनदलीय तानाशाही निरंकुश राजतन्त्रभन्दा तात्विक भिन्न छैनभन्नुभयो ।


   तराईमा किसान आन्दोलनलाईअगाडि बढाउनुपर्नेमा जोड र्दिदै नेता प्रजापतिले किसान आन्दोलन विना बहुमतकिसानहरको हितमा कुनै काम नहुने बताउनुभयो ।


   राजनीतिलाई व्यापारीकरण रआपारधिकरण गनेृ पूँजीवादी पार्टीहरुको कर्तुतका कारण िसंगो राजनीतिकै बदनामभएको बताउँदै उहाँले पूँजीवादी व्यवस्था पैसा बल र जालसाझीका आधारमा चुनावजित्ने र शोषणमा आधारित व्यवस्था हो भन्नुभयो ।


   प्ाार्टीको इज्जत र प्रतिष्ठापार्टी कार्यकर्ताहरुको कि्रयााकलापमा निर्भर हुने बताउँदै उहाँले प्ाार्टी ठूलोबन्नुभन्दा पनि असल र सिद्धान्तनिष्ठ हुनु महत्वपूर्ण छ भन्नुभयो । <


   नेमकिपाका केन्द्रीय सदस्यजयबहादुर शाहीले शोषक र शोषितको भेद समाजवादी व्यवस्थाले मात्र अन्त्य गर्ने बताउँदैसमाजवादी गणतनत्रको निम्ति संघर्ष गर्नुको विकल्प छैन भन्नुभयो । 


   संघर्ष नगरी मुक्ति नपाइने चर्चागर्दै नेता शाहीले देशको कुनै पनि भागमा भइरहेको अन्याय अत्याचार भ्रष्टाचार रअनियमितताको विरुद्ध निरन्तर संघर्ष गर्दै जानुपर्नेमा जोड दिनुभयो ।


   तराईका बहुसंख्यक जनताकोसमस्या किसान समस्या भएको बताउँदै उहाँले बुान्तिकारी भूमिसुधार नभएसम्म किसानसमस्या समाधान हुँदैन भन्नुभयो ।


नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सचिवप्रकाशले नेमकिपाको स्थापना कामदार वर्गका जनतालाई शासक वर्गको रुपमा उठाउन भएको बताउँदैनेमकिपाले खेतखलिहानदेखि सडक र सदन जहाँ पनि बहुमत कामदार वर्गको हितमा संघर्षगर्दै आएको चर्चा गर्नुभयो ।


देशको सार्वभौमसत्ता र भूअखण्डताइतिहासमै सबभन्दा बढी खतराको स्थितिमा पुगेको र सरकारको नवउदावादी नीतिले गर्दादेश विदेशी पूँजीको उपनिवेश बनेको प्रष्ट पार्दै उहाँले त्यसका विरुद्ध आन्दोलितहुनुपर्नेमा जोड दिनुभयो ।


आसन्न नेक्रायुसंघको पाँचौं राष्ट्रिय सम्मेलनसम्पूर्ण देशभक्त र क्रान्तिकारी युवाहरुको प्रतिनिधित्व भएको बताउँदै त्यसलाईसफल पार्न सबैसित अपिल गर्नुभयो ।


नेमकिपा सिराहा जिल्ला समितिका अध्यक्ष विजयमहतोले शोषित जनता सचेत र संगठित भइ अगाडि नबढेसम्म समाजको परिवर्तन हुन नसक्नेऔंल्याउँदै वर्गीय एकता र वर्ग संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।


नेमकिपा सिराहाका सदस्य श्रीलाल पासवानकोसभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी जिल्ला समितिका रामाशिष महतो नेपाल क्रान्तिकारीमजदुर संघ सिराहाका अध्यक्ष रामदयाल पासवान स्थानीय शिक्षक रामचन्द्र शाहलगायतले पनिबोल्नुभएको थियो ।