सरकारद्धारा सुशासन तथा विकास कार्ययोजना सार्वजनिक

सुशासन र विकाससम्बन्धी सरकारको योजना सार्वजनिकसरकारले विहीवार सुशासन तथा विकास कार्ययोजना सार्वजनिक गरेको छ । आर्थिक बर्षको आधा अवधि सकिएपछि ल्याइएको कार्ययोजनामा मन्त्रालयहरुको कार्यसम्पादन अनुगमन गर्न सूचक लागू गरिने भएको छ । यस्तै प्रशासन तथा प्रहरी प्रणालीमा सुधारदेखि राष्ट्रिय गौरबका विकास योजनाको कार्यान्वयन पनि कार्ययोजनामा समावेश रहेका छन् । प्रधानमन्त्री कार्यालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराइको उपस्थितिमा सार्वजनिक गरिएको सुशासन कार्ययोजनामा प्रशासनिक क्षेत्रलाई नजिता उन्मुख गराउन सूचक निर्धारण गरिएको जानकारी दिइयो ।


यस अन्तर्गत विभिन्न मन्त्रालय तथा ती मातहतका कार्यालयहरुको कार्यसम्पादनको मापनको मापदण्ड तय गरिएको र त्यसमा उत्कृष्ट हुनेलाई पुरस्कृत तथा पुछारमा पर्नेलाई दण्डित गर्ने नीति लिइएको जानकारी दिइयो । यसैगरी प्रहरी प्रणालीमा सुधार ल्याउन प्रधानमन्त्रीकै संयाजनमा अनुगमन प्रणाली बनाउने तथा जिल्लाहरुमा भईरहेको जनसेवाको कामको अनुगमनका लागि तत्काल टोली पठाउने पनि जनाइएको छ । जनतासंग प्रत्यक्ष जोडिएका कार्यालयहरुले १ महिनाभित्र क्षतिपूर्तिको व्यवस्थासहितको वडापत्र बनाउनु पर्ने र जनताका काममा ढिलाई भए क्षतिपूर्ति दिनुपर्ने व्यवस्था मिलाइएको पनि जनाइएको छ ।


यस्तै सरकारले तत्काल कार्यन्वयन योजना अन्तर्गत केही राष्ट्रिय गौरबका आयोजनाहरुको कार्यान्वन पनि अघि सारेको छ । ती आयोजनाहरुमा काठमाडौं