राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनमाथि दलहरुले गरेको टिप्पणीप्रति परमानन्द झा असन्तुष्टि

उपराष्ट्रपति परमानन्द झाले राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनमाथि दलहरुले गरेको टिप्पणीप्रति असन्तुष्टि जनाउनु भएको छ ।

 

राज्य पुर्नसंरचना आयोग गठन भएदेखि नै त्यसबारे टीका टिप्पणी भैरहेको भन्दै उहाँले राजनीतिक दललाई प्रतिक्रिया दिनुको साटो सुझाव दिन आग्रह गर्नुभयो । राजधानीमा आज साउथ वेस्र्टन स्टेट कलेजले गरेको विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति झाले राजनीतिक दलहरुसँग राज्य पुर्नसंरचना बारेमा सुझाव दिनसक्ने क्षमता हुनुपर्ने बताउनुभयो ।

२ दिनसम्म चल्ने विज्ञान प्रदर्शनीमा राजधानीका विभिन्न क्याम्पस, स्कुल र अमेरिकी दुतावास गरी ४० भन्दा बढी स्टल राखिएको छ ।