तर वैद्य पक्षधरहरुले चाहीं प्रधानमन्त्रीले राजीनामा गरेपछि मात्रै विकल्पको बाटो खुल्ने जनाएका छन्।
शुक्रबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने बारे छलफल थालिएको नेताहरुले जनाए।
विपक्षीहरुलाई थामथुम पार्न सशस्त्र द्वन्द्वकालमा माओवादीका स्थानीय निकायले गरेका घरजग्गा कारोबारका लिखतलाई मान्यता दिने निर्णय फिर्ता लिए लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नै पार्टीको प्रभावशाली खेमाको निशानामा परेका छन्।
स्थायी समिति बैठकमा बोल्ने नेताहरुमध्ये धेरैले अहिलेकै अवस्थामा सरकार चल्न सक्दैन भनेपछि प्रधानमन्त्रीले भरपर्दो विकल्प भए छाड्न तयार रहेको जनाउ दिएको बताइएको छ।



