तपाईं प्रधानमन्त्री भट्टराईलाई भोट नहालेकोमा पछुतो छैन: एमाले सभासद् ढकाल

– भद्र शर्मा

 

काठमाडौं  – सन्दर्भ थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१ औं स्थापना दिवस । अख्तियार परिसरमा शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि थिए, प्रधानमन्त्री बाबुराम भट्टराई । वत्ताहरु सभामुख सुवासचन्द्र नेम्वाङ, सार्वजनिक लेखा समिति सभापति रामकृष्ण यादव, राज्य व्यवस्था समिति सभापति रामनाथ ढकाललगायत ।


निर्वाचित हुनेवित्तिकै अख्तियारमा प्रमुख आयुक्त नियुक्त गर्ने प्रतिबद्धता जनाएको पाँच महिना भएको प्रसंग निकाल्दै ढकालले प्रधानमन्त्री भट्टराईलाई निकै व्यंग्य कसे । उनले प्रधानमन्त्रीको सुशासन र जनतालाई राहत दिने घोषणाको पनि उछितो काडे ।