– संविधान निर्माणबारेका विवाद समाधान गर्न एक महिना समय थप्ने प्रस्तावबारे आइतबार संवैधानिक समितिको बैठकमा औपचारिक रुपमा छलफल हुने बताइएको छ।संविधानको पहिलो मस्यौदा तयार गर्ने भनिएको घडी नजिकिए पछि शनिबार ठुला दलका नेताहरुले बाँकी विवाद हल गर्नको निम्ति संविधान सभा अध्यक्ष सुवास नेम्वाङसंग एक महिनाको समय मागेका छन्।
माघ मसान्तसम्ममा संविधान निर्माणबारेका सबै विवादहरुमा सहमति जुटाएर संविधानको पहिलो मस्यौदा लेख्न थाल्नु पर्ने बेलामा शनिबार दिउसो प्रमुख तीन दलहरु विवादहरुको निप्टारा गर्न एक महिनाको समय माग्ने निश्कर्षमा पुगेका थिए।
त्यसबारे ठुला दलका नेताहरुले सांझ अबेर संविधान सभा अध्यक्ष नेम्वाङसंग छलफल गरे।
नेम्वाङसंगको भेटपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बीबीसीलाई भने,



