दलहरुबीचको सम्बन्ध सुधार नभए अबको साढे तीन महिना भित्र संविधान निर्माण कार्य सम्पन्न नहुने

प्रमुख तीन दलका नेताहरुसंविधानसभा अन्तर्गतको संवैधानिक समितिका सभापतिले आउँदा दिनहरुमा पनि प्रमुख दलहरुबीचको सम्बन्ध सुधार नभए अबको साढे तीन महिना भित्र अर्थात् जेठ १४ गतेसम्ममा संविधान निर्माण कार्य सम्पन्न नहुने बताएका छन्।


प्रमुख दलहरुले यसअघि प्रतिबद्धता जनाए अनुसार माघ २९ गतेसम्ममा संविधान निर्माणबारेका प्रमुख विवादहरु हल नभएपछि सभापति नीलाम्बर आचार्यले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।


माघ मसान्त सम्ममा सक्ने भनिएका काम नसकिएपछि आइतबार संवैधानिक समितिको वैठकले अब के गर्ने भन्ने बारे छलफल गरेको थियो।


संविधान निर्माण कार्यतालिका अनुसार काम भएको भए फागुन १ गते सोमबारदेखि संविधानको पहिलो मस्यौदा लेख्ने काम शुरु हुने थियो।


संविधान निर्माणबारेको अनिश्चयका माझ आइतबार सांझ संवैधानिक समितिका सभापतिले नीलाम्बर आचार्यले अब पनि प्रमुख दलहरुबीच सहमति नभए जेठ १४ गतेभित्र संविधान निर्माण कार्य सम्पन्न नहुने प्रतिक्रिया दिए।