काठमाडौ – खाडी मुलुकमध्ये कतारले पहिलो पटक नेपालमा आवासीय दूतावास खोल्न औपचारिक प्रस्तावसहित नयाँ राजदूतको नाम एगि्रमो सहमतिका लागि पठाएको छ ।
परराष्ट्र मन्त्रालयको पश्चिम एसिया तथा अपि|mका महाशाखाका एक अधिकारीका अनुसार पहिलो आवासीय राजदूतका लागि अहमद जामिन अल-हमरको नाम सोमबार मन्त्रालयमा पठाइएको छ । नेपालको प्रमुख श्रमिक-गन्तव्यमध्ये एक रहेको कतारमा अहिले झन्डै ४ लाख नेपाली छन् ।
कतार जाने श्रमिकलाई भिसा उपलब्ध गराउन र भिसा प्रमाणीकरणका लागि काठमाडौंमा कन्सुलर कार्यालय खोल्न एक वर्षअघि प्रस्ताव आए पनि अहिले आवासीय तहमा दूतावास खोल्ने निर्णय कतारले गरेको छ । परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले कतारको प्रस्ताव प्रारम्भिक चरणमा भएकाले निर्णय तहमा आइनसकेको बताए । –कान्तिपुर