
सेना समायोजन बिशेष समितिका सदस्यसमेत रहेका अर्थमन्त्री बर्षमान पुनसंगको भेटका क्रममा मंगलबार ताम्राटले शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा चासो राख्दै उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री पुनको प्रेस संयोजक मनोज मगरका अनुसार ताम्राटले शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष सेना समायोजनको काममध्ये स्वैच्छिक अवकाशमा जाने लडाकुहरूलाई विदाई गरेकोमा भने बधाई दिएका थिए ।
उनले सेना समायोजनको प्रक्रिया कहिलेदेखि सुरु हुन्छ ? भन्ने प्रश्नसमेत राखेका थिए । साथै संविधान निर्माणप्रक्रिया कहाँसम्म पुगेको छ र के के विषयमा छलफल भईरहेको भन्ने जिज्ञासा पनि राखेका थिए ।
शान्ति प्रकृयामा माओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै माओवादीकै नेतृत्वमा सरकार भएको बेला सेना समायोजनको कामलाई समयमै सम्पन्न गरेर अन्तर्राष्ट्रिय समुदायलाई सन्देश दिन सुझाबसमेत दिएका थिए ।
अर्थमन्त्री पुनले शान्ति प्रक्रियाले गति लिएकोले समयमै निष्कर्षमा पुग्ने बताएका थिए । उनले स्वैच्छिक अवकाश रोजेका माओवादी सेनाका सदस्य तथा कमाण्डरहरूको विदाई सम्पन्न भएको जानकारी दिंद अबको एक साताभित्रै समायोजनका लागि काम थालिसक्ने जानकारी गराएका थिए । कान्तिपुर



