नेपालको इतिहासमै चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठह-याएको ब्रिटिश ठेकेदार कम्पनीले अदालतको फैसला आफुलाई मान्य नहुने भन्दै त्यसको प्रतिबाद

चर्चित सुडान घोटाला प्रकरणमा विशेष अदालतले दोषी ठह-याएका ब्रिटिश ठेकेदारले अदालतको फैसला आफुलाई मान्य नहुने जनाएका छन्।


सुडानको डार्फरमा खटाइएको नेपाल प्रहरीको शान्तिस्थापक नियोगका लागि सरकारले बख्तरबन्द गाडी किन्दा भ्रष्टाचार भएको भन्ने अभियोगमा सुनुवाइपछि विशेष अदालतले नेपाल प्रहरीका तीनजना पूर्व प्रमुखहरुसहित एकजना विदेशी ठेकेदार र उनका नेपालस्थित प्रतिनिधिले भ्रष्टाचार गरेको फैसला सोमबार सुनाएको थियो।


तर लण्डनस्थित एस्योर्ड रिस्क कम्पनीका एकजना प्रवक्ता एलान बार्डेलले नेपालको अदालतले गरेको फैसला आफुलाई अमान्य हुने बताए।


उनले भने,