काठमाडौ – जन्मका आधारमा २०६४ सालमा नागरिकता पाएकाहरूका सन्तानलाई बंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले जारी गरेको परिपत्र हाललाई लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश द्वय भरतराज उप्रेती र भरत बहादुर कार्कीको इजलासले यस्तो आदेश दिएको हो ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारको एकल नियर्णयले मुलुकभर बंशजको आधारमा नागरिकता वितरणका लागि गृह मन्त्रालयबाट परिपत्र जारी गरेको थियो । उक्त परिपत्र नागरिकता ऐन र अन्तरिम संविधानको प्रावधान विपरित भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । कान्तिपुर



