सरकारद्धारा द्वन्द्वकालमा घाइते र अपाङ्ग माओवादीका पूर्व लडाकुलाई मासिक पेन्सन र पुनर्स्थापनाको सुविधा दिने निर्णय


 

मन्त्रिपरिषदको बिहीबारको बैठकले सशस्त्र द्वन्द्वकालमा घाइते र अपाङ्ग भएका माओवादीका पूर्व लडाकुहरुलाई मासिक १० हजार रुपैयाँ पेन्सन दिने र उनीहरुका लागि रेखदेख एवं पुनर्स्थापना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।

विभिन्न तीनवटा निर्देशिका पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय गरेको शान्ति तथा पुनर्स्थापना मन्त्री सत्य पहाडीले  बताइन्।


द्वन्द्वकालमा घाइते भएका माओवादी लडाकुलाई अब रेखदेख र पुनर्स्थापना केन्द्रमा राखेर सरकारले स्याहार सुसार गर्ने उनले बताइन्।


उनका अनुसार त्यस्ता केन्द्रमा नबसी आफ्नो घर जान चाहने घाइतेले मासिक रुपमा निवृत्तिभरण पाउने छन्।