आज ६२ औं प्रजातन्त्र दिवस

परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो ।

‘सरकारले आवश्यकता नठानेकाले नमनाएको हो,’ गृहका एक अधिकारीले भने । २००७ सालको क्रान्तिलाई बिर्सन खोजेको ती सरकारी अधिकारीको बुझाइ छ ।

त्यसो त प्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्तिको प्रतीक मानिने सहिदगेट गएका थिएनन् । त्यतिमात्र होइन उनको सरकारले सहिद गेटबाट राजा त्रिभुवनको सालिक हटाउने निर्णय गर्‍यो । तर सर्वोच्चको फैसलाले कार्यान्वयन भने रोकिएको छ ।

प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले विरोध गरेका छन् । ‘कार्यक्रमको निम्तो आउँछ भनेर कुरेर बसेको थिएँ,’ कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने । एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रजातन्त्र दिवस वेवास्ता गरेर सरकारले ‘राम्रो काम नगरेको’ टिप्पणी गरे ।

यसअघिका प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन तयारी गरिन्थ्यो । सदस्यसचिव गृह सचिव हुन्थे ।

टुँडिखेलमा विशेष कार्यक्रम गरिन्थ्यो । राष्ट्रपति विशिष्ट अतिथि, प्रधानन्यायाधीश, सभामुख, विपक्षी दलका नेता, मन्त्री, सचिवलगायतको उपस्थिति हुन्थ्यो ।

मूल समारोह समितिअन्तर्गत मञ्च, कार्यक्रम उपसमिति, परिसंवाद समिति हुन्थ्यो । देशभर सभा, सम्मेलन, अन्तर्क्रिया र लोकगीत प्रतियोगिता हुन्थे ।






 

काठमाडौ  – आज फागनु ७ गते ६२ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । वि.सं.२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि १०४ वर्षे लामो जहानियाँ राणा शासनको अन्त्य भएको र तत्कालीन राजा त्रिभुवनबाट प्रजातान्त्रिक व्यवस्था सुरु भएको ऐतिहासिक घोषणाको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गतेको दिनलाई प्रजातन्त्र दिवसको रुपमा मनाईँदै आएको छ ।

 

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले सन्देश हुँदै लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकमा स्थायी शान्ति कायम गर्नु सबैको दायित्व भएको बताएका छन् ।

 

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र मजबुत पार्न राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट गहन सोच राखिनुपर्ने बताएका छन् ।


६२ औं प्रजातन्त्र दिवस पूर्वसन्ध्यामा शनिबार शुभकामना व्यक्त गर्दै ज्ञानेन्द्रले राष्ट्रियता, राष्ट्रिय अखण्डता र प्रजातन्त्र रक्षाका लागि आफू मन, बुद्धि र विवेकबाट सधैं संलग्न भइरहने प्रतिबद्धता जनाएका छन् । विखण्डन, विचलन, विद्वेष, विग्रह र विद्रोहबाट प्रजातन्त्रको राजपथ निष्कण्टक हुन नसक्ने भन्दै उनले विधि व्यवस्थामा मौलिक राष्ट्रिय परिवेश नभए प्रजातन्त्र तथा राष्ट्रियता दुवै जीर्ण र अपूरो रहनेसमेत उल्लेख गरेका छन् । ‘मुलुक स्वतन्त्र नरहे प्रजातन्त्रको महत्त्व र अस्तित्व रहँदैन,’ उनले भनेका छन्, ‘प्रजातन्त्र नभए जनताका अधिकार कुष्ठित हुन्छ र राष्ट्रियताको जरो जर्जर हुन्छ ।’

राष्ट्रियता, जनहित र प्रजातन्त्रको आदर्श एवं मौलिक मान्यतामा अग्रजहरूको जस्तै आफ्नो पनि अटल आस्था, विश्वास, सहयोग र समर्थन रहेको भन्दै उनले प्रजातन्त्र जीवन पद्धतिमै उत्रनुपर्नेमा जोड दिएका छन् । उनको शुभकामनामा छ, ‘प्रजातन्त्रको चहक घामले सबै नेपालीको टलक बनोस् र राष्ट्रको राम्रो झलक झल्कियोस् ।’