सर्वोच्च अदालतले सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार मुद्दाको निर्णय आज सुनाउने भएको छ ।
२०४८ देखि २०५९ सम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीको प्रेस सल्लाहकारलगायत विभिन्न पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा गुप्ताले झण्डै एक दशकदेखि मुद्दा खेपिरहेका छन् ।
लामो सुनुवाईपछि निर्णय सुनाउनकै लागि भनेर न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलाश तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा गुप्ताविरुद्ध मुद्दा दायर गरेको थियो । २०६३ सालमा विशेष अदालतले गुप्तालाई जिताएपछि त्यसविरुद्ध अख्तियार सर्वोच्च गएको थियो ।
पाँच वर्षदेखि चलिरहेको मुद्दा यसअघि निर्णय सुनाउने मिति तोकेर पनि दुई पटक सारिएको थियो ।