यस अघि माओवादीले लडाकु समायोजन हुँदा आफुहरुले कम्तीमा एकजना सहायक रथी पाउनु पर्ने बताएका थिए।
समायोजनमा जाने लडाकुहरुलाई दिईने दर्जाबारे रहेको विवादलाई एउटा मिलन विन्दुमा लैजान आफुहरुले थप लचकता प्रदर्शन गर्दै कर्णेलको दर्जा स्वीकार्न तयार भएको प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताएका थिए।
तर त्यस्तो कुनै प्रस्ताव आफुहरु समक्ष नआएको नेकपा एमालेका नेता तथा विशेष समिति सदस्य भीम रावलले बताए।



