नेपालको राजधानी काठमाडौँमा घातक बम विस्फोटको धमाका, कयौको मृत्‍यु र घाइते


 

काठमाडौ – नेपालका संचारमाध्यमहरुले जनाए अनुसार नेपाल आयल निगमको कार्यालय बबरमहलस्थित मुख्य कार्यालयको मूलढोका नजिक १ बजेर ५ मिनेटमा घातक बम विस्फोट हुँदा तीन जनाको मृत्य भएको छ । दुई जनाको घट्नास्थलमै र १ जनाको वीर अस्पतालमा मृत्यु भएको हो ।

 

छानविन समिति गठन

 

प्रहरी प्रधान कार्यालयले ले राजधानीको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै भएको विष्फोटको घट्नाबारे छानविन गर्न नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डिआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विष्फोतमा तीन जनाको मृत्यु भएको छ ।

 

समितिमा एसएसपीद्वय केदारसिंह भण्डारी,देवेन्द्र सुवेदी तथा एसपी सुवोध घिमिरे रहेका छन् । गृहमन्त्रालयमा मन्त्रालय तथा नेपाल प्रहरीका उच्च अधिकारीहरुको उपस्थितिमा घटनाबारे गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको छ ।

 

महानगरी प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी कुवेरसिंह रानाले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरी उक्त विष्फोट गराइएको बताए । रानाले उक्त विष्फोट शक्तिशाली भएको जानकारी दिए ।रानाले बम विष्फोट गराउन रिमोटको प्रयोग गरिएको आशंका व्यक्त गरेका छन् । विष्फोटमा तीन जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले मृतक मध्ये एकजनाको सनाखत भएको र अन्यको हुन बाँकी रहेको जनाएको छ ।

 

एआईजी रानाले घट्नाको सुक्ष्म अनुसन्धान गरी विष्फोट गराउने व्यक्ति नजिक पुग्ने प्रयास भइरहेको र त्यसका लागि सम्पूर्ण सुरक्षा निकायहरु परिचालित भएको बताए । गृहका प्रवक्ता शंकरप्रसाद कोइरालाले घट्नामा ६ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् ।

 

गृह मन्त्रालयले घाइतेहरुको उपचार खर्च सरकारले व्योहर्ने जनाएको छ । त्यस्तै मन्त्रालयले घट्नाबाट विचलित नभई सधाझैं सुरक्षा व्यवस्था कायम राख्न धैर्यता पूर्वक सहयोग गर्न राजनीतिक दल,नागरिक समाज, प्रेस जगतलाई आग्रह गरेको छ ।

 

 

मृत्यु हुनेको खनाखत


राजधानीको बबरमहलस्थित आयल निगमको मूलढोकामा सोमबार दिउँसो विष्फोटन हुँदा मृत्यु हुने दुई जनाको नाम ठेगाना खुलेको छ । प्रहरीका अनुसार अझैपनि एक जनाको खनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ बर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिंङ बैरेनी-६ का ७० बर्षीय मान बहादुर तामाङको अस्पतालमा मृत्यु भएको हो । तर, अन्दाजी ६५/७० बर्षका अर्का मृतकको नाम खुल्न सकेको छैन ।

त्यसैषरी घाइते हुनेहरुमा ३५ बर्षका सोम तामाङ (गम्भिर घाइते), भक्तपुर ताथली-४ बस्ने वर्ष ४५ का रघुनाथ खड्का, धादिङ वैरनी-१ घर भएको वर्ष- ६५ का लाल बहादुर तामाङ, कैलाली धनगढी बस्ने बर्ष- ४० को विण्णु फुलारा, ललितपुर लुभु बस्ने बर्ष- २० को वासु श्रेष्ठ, अछाम मास्टामाण्डौं-२ का ४० बर्षका मान. ब. कुँवर, अछाम मास्टामाण्डौं-२ कै बर्ष २१ को भिम ब. कुँवर रहेका छन् ।