विष्फोटपछि सिंहदरवार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौ – प्रहरीले सिंहदरवार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सिंहदरवार छिर्ने कर्मचारी तथा सर्वसाधारणको कडा सुरक्षा जाँच गरिएको छ । सुरक्षा जाँचका कारण सिंहदरवारको दक्षिणी गेटमा सवारी साधनको ठूलो लाइन लागेको छ ।

मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै नेपाल आयल निगमको गेटमा सोमबार तीन जनाको ज्यान लिने गरी भएको विष्फोटपछि सुरक्षामा कडाई गरिएको हो । कार्यालय समय भएकाले सिंहदरवार छिर्ने कर्मचारी तथा अन्यको भिड सिंहदरवारको गेटमा लागेको छ । कान्तिपुर