पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धी फिर्ता नभए विद्यार्थी सङगठनहरुले आन्दोलन गर्ने

पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धी आज दिउँसोसम्ममा फिर्ता नभए विद्यार्थी सङगठनहरुले आन्दोलन गर्ने भएका छन् ।

 

सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि आक्रोशित बनेका १३ विद्यार्थी सङगठनले मूल्य घटाउन हिजो सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका थिए ।

 

सरकारले डिजेल, मट्टीतेल, पेट्रोल र आन्तरिक हवाई ईन्धनमा प्रति लिटर चार-चार रुपैयाँ बढाएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । सरकारले एक महिनाको फरकमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ ।

 

यसअघि विद्यार्थी आन्दोलनकै कारण दबावमा सरकारले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धी र आन्तरिक घाटा देखाउँदै नेपाल आयल निगमले शुक्रबारदेखि भाउ बढाएको थियो ।