– सरोजराज अधिकारी
काठमाडौ – सेना समायोजन विशेष समितिको बुधबार बसेको बैठकले माओवादी लडाकुका १३ शिविर १० दिनभित्र खाली गर्ने निर्णय गरेको छ ।
स्वैक्षिक अवकासमा जाने लडाकुलाई विदाइ गरिसकेपछि माओवादी लडाकु बस्दै आएका २८ शिविरलाई १५ वटा शिविरमा सीमित गर्ने निर्णय यसअघि नै भइसकेको थियो ।
खाली गर्ने १३ शिविरको सुरक्षाका लागि राखिएका करिब २ सय हतियार नजिकको मुख्य क्यान्टोन्मेन्टमा राख्ने र सम्पूर्ण भौतिक सामग्रीहरू सम्बद्ध सचिवालयको मातहतमा रहने गरी नजिकको शिविरमा राख्ने निर्णय भएको छ ।
सेना समायोजनलाई बिहीबार बस्ने तीन मुख्य पार्टीको बैठकको निर्णयपछि तिव्रता दिने बताइएको छ ।