काठमाडौ, फाल्गुन १८ – सर्वोच्चमा वर्षौंदेखि थन्किएका भ्रष्टाचार मुद्दा लहरै पेसीमा चढ्न थालेका छन् । अबका दुई साताभित्रै भ्रष्टाचारका १३ मुद्दाको सनुवाइ हुने भएको छ । सुनुवाइ हुन लागेका मुद्दाहरू भन्सार, निजामती कर्मचारी र प्रहरीका बढी छन् । भ्रष्टाचारका ४ सयभन्दा बढी मुद्दा सर्वोच्चमा छिनोफानो हुन बाँकी छन् । सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलका अनुसार भ्रष्टाचारका यी मुद्दा न्यायाधीशको फौजदारी प्यानलले हेर्न थालेको छ । प्रधानन्यायाधीश खिलराज शर्मा, न्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, ज्ञानेन्द्रबहादुर कार्की, वैद्यनाथ उपाध्याय र तर्कराज भट्ट यो प्यानलमा छन् । हामी हरेक आइतबार र सोमबार खास गरी भ्रष्टाचारकै मुद्दा हेरिरहेका छौं, श्रेष्ठले भने, अन्य दिन पनि भ्रष्टाचारका मुद्दा छिनोफानोको प्राथमिकतामा छन् । फागुन २१, २३, २८, २९, ३०, चैत ८ र १९ गते सर्वाेच्चमा भ्रष्टाचारका मुद्दाबारे सुनुवाइ हुने तय भएको छ । फागुन २१ गते पूर्वभन्सार प्रमुख केशरजंग खड्का, सावित्री राजभण्डारी, बहालवाला सचिव श्रीराम पन्त र पूर्वआईजीपी प्रदीपशमशेर जबराको मुद्दामा सुनुवाइ हुनेछ । खड्काको बिगो १ करोड ४५ लाख, राजभण्डारीको २ करोड ९३ लाख र जबराको बिगो ३ करोड ७७ लाख छ । फागुन २३ गते सवारी दर्ताका कर्मचारीहरू रामप्रसाद अर्याल, तनुकलाल यादव र सुरेशकुमार रेग्मीविरुद्धका मुद्दाको पेसी तोकिएको छ । २८ गते नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक शेरबहादुर थापाको मुद्दा छ । हाल सर्वोच्चमा चलेको सबभन्दा ठूलो र पुरानोमध्येको भ्रष्टाचारको मुद्दा यही हो । थापाले पदमा छँदा कम धितोलाई बढी मूल्यांकन गरेर करोडौं रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले झन्डै १५ वर्ष अगाडि उनीलागयत डेढ सयभन्दा बढीविरुद्ध मुद्दा दायर गरेको थियो । सबैको गरी यो मुद्दामा ५३ करोडभन्दा बढी बिगो दाबी छ । फागुन ३० गते बहालवाला सहसचिव मुराबहादुर कार्की र भन्सारका पूर्व सहसचिव जनार्दशन शर्माविरुद्धका मुद्दा छन् भने चैत ८ गते पूर्वएसपी अरुणकुमार सिंहविरुद्धको मुद्दा पेसीमा छ । भन्सारका कर्मचारी केशवराज गौतमविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ चैत १९ गते हुनेछ । सर्वाेच्चले फिर्ता पठाइदिएका पूर्वमन्त्री तथा प्रहरी प्रमुखहरूका मुद्दा पनि विशेष अदालतले हेर्न थालेको छ । पूर्वमन्त्रीहरू गोविन्दराज जोशी, रवीन्द्रनाथ शर्मा ९दिवंगत० तथा पूर्वआईजीपीहरू मोतीलाल बोहरा र अच्युतकृष्ण खरेलको मुद्दा विशेष अदालतमा सुरु कारबाहीका क्रममा छन् । विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारीको समूहले मुद्दाको तथ्यभित्रै नपसी हदम्यादको कारण देखाएर उनीहरूविरुद्धका मुद्दा खारेज गरिदिएको थियो । खरेल र बोहराको मुद्दाविरुद्ध विशेषमा सुनुवाइ हुन थालिसकेको छ । बुधबार खरेलको मुद्दा सुरु भयो । ुसमय सकिएकाले बिहीबार पनि त्यसले निरन्तरता पाउनेछ, विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले भने, ुमोतीलाल बोहराको मुद्दा हिजैबाट सुरु भयो, अब २८ गते अर्को बहस हुनेछ ।ु भ्रष्टाचारका चल्दै गरेका केही चर्चित मुद्दा अभियुक्त बिगो मुद्दाको स्थिति मोतीलाल बोहरा २ करोड ३८ लाख विशेष अदालतमा फर्केको गोकर्ण पौडेल २ करोड ६ लाख सर्वोच्चमा चल्दै ईश्वर पोखरेल १ करोड २३ लाख सर्वोच्चमा चल्दै चक्रबन्धु अर्याल २ करोड ६० लाख विशेष अदालतमा फर्केको प्रदीपशमशेर जबरा ३ करोड ७७ लाख सर्वोच्चमा चल्दै पदमप्रसाद पोखरेल १ करोड ५१ लाख विशेष अदालतमा फर्केको रवीन्द्रनाथ शर्मा ४ करोड ९५ लाख विशेष अदालतमा फर्केको केशरजंग खड्का १ करोड ४५ लाख सर्वोच्चमा चल्दै आनन्द खनाल १ करोड २० लाख सर्वोच्चमा चल्दै गोविन्दराज जोशी ३ करोड ९३ लाख विशेष अदालतमा फर्केको खुमबहादुर खड््का २ करोड ३६ लाख सर्वोच्चमा चल्दै अच्युतकृष्ण खरेल १ करोड ६३ लाख विशेष अदालतमा फर्केको सावित्री राजभण्डारी २ करोड ९३ लाख विशेष अदालतमा फर्केको अरुणकुमार रञ्जितकार ३ करोड १९ लाख सर्वोच्चमा चल्दै शेरबहादुर थापा ५३ करोड सर्वोच्चमा चल्दै



