डोटीको डौड गाउं विकास समितिमा आज दिउँसो माटोको ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु भएको छ भने ६ जना महिला घाइते भएका छन् ।
मृत्यु हुनेमा कला सिंह, भागादेवी सिंह र कलसीदेवी सिंह छन् ।
ढिस्कोले पुरिएर घाइते भएकामध्ये काली सिंह, कृष्णा सिंह र गोमा बिष्टको अवस्था गम्भीर रहेको बताइएको छ । घर लिप्ने माटो निकालिरहेको बेला ढिस्कोमा पुरिएएर उनीहरुको मृत्यु भएको स्थानीयवासीले वताएका छन् ।