काठमाडौ, फाल्गुन २२ – एमालेले शान्ति र संविधान निर्माणको अवरोधक शक्ति माओवादी भएको आरोप लगाउँदै उसकै कारण जेठ १४ मा संविधान ल्याउन समस्या पर्ने स्थिति खडा भएको बताएको छ । बृहत् जनप्रदर्शनसहित राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको राजधानीमा आइतबार उद्घाटन गर्दै एमाले नेताहरूले राजनीतिक गतिरोधको सम्पूर्ण दोष माओवादीलाई दिए । उनीहरूले मुलुकमा लोकतन्त्रमाथि संकटको स्थिति सिर्जना भएको र यसको रक्षा माओवादी, कांग्रेस र मधेसी कुनै पनि शक्तिले गर्न नसक्ने ठोकुवा गर्दै शान्ति संविधान र लोकतन्त्र रक्षाको जिम्मेवारी एमालेको काँधमा आएको बताए । राजधानीमा डेढ दर्जन स्थानबाट र्यालीसहित खुलामञ्चमा जम्मा भएको सभालाई पार्टीका सबै प्रमुख नेताहरूले सम्बोधन गर्दै अधिकांश समय माओवादीलाई दोषी देखाउन खर्चिएका थिए । उनीहरूले एमाले अब मुलुकको पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी पनि गरे । संविधानसभाको निर्वाचनमा प्राविधिक कारणले तेस्रो शक्तिको रूपमा खुम्चिनु परे पनि जनताको मनमा एमाले पहिलो नम्बर नै भएको भन्दै नेताहरूले मुलुकलाई अग्रगामी दिशामा लैजान प्रमुख भूमिका खेल्ने प्रतिबद्घता जनाए । ुमाओवादीका कारण नै अहिले शान्ति प्रक्रिया र संविधानमा बखेडा भइरहेको छ,ु अध्यक्ष झलनाथ खनालले भने, ुमाओवादी अझै पनि सत्ता कब्जाको नीतिमा हिँडिरहेको छ । मुलुकमा एकाधिकारवादी शासन स्थापना गर्न चाहन्छ, त्यो सपना हामी कदापि पूरा हुन दिने छैनौं ।ु उनले संविधानमा चुनाव जितेको धाक दिँदै माओवादी हिँडेको उल्लेख गर्दै उसकै नेतृत्वको सरकारका कारण अहिले मुलुकको राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको धारणा राखे । खनालले माओवादी र मधेसी दलको राष्ट्रियताप्रति प्रतिबद्घतामा शंका राख्दै भने, ुटनकपुर र सुस्ताका समस्यामा किन यी दल बोल्दैनन्, सुस्ता र टनकपुर मधेसमा पर्छन् कि हिमालमा रुु खनालले कांग्रेसको लोकतन्त्रप्रतिको व्याख्या र प्रतिबद्घतामा पनि प्रश्न गरेका छन् । ुकांग्रेस आफूलाई लोकतन्त्रको मसिहा ठान्छ तर जनताको आर्थिक समाजिक कुरा आउनेबित्तिकै चुपचाप बस्छ,ु अध्यक्ष खनालले भने, ुके लोकतन्त्र भनेको राजनीतिक हल्ला गर्ने स्वतन्त्रता मात्र हो रुु उनले सात सालदेखि अहिलेसम्म जनताको अधिकारको कुरा गर्ने एमाले नै लोकतन्त्रको मसिहा भएको दाबी गरे । सभामा वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले गर्दा नै शान्ति प्रक्रियाको काम अवरोध भइरहेको दाबी गरे । शान्ति प्रक्रिया टुंगो नलागी संविधान बन्न नसक्नेमा पनि उनले जोड दिए । ुबन्दुकको त्रासमा बनेको संविधानले लोकतन्त्रलाई मजबुत बनाउँदैन,ु नेता नेपालले भने, ुत्यसैले शिविर खाली नभएसम्म संविधान बन्न सक्दैन ।ु धाँधलीपूर्ण रूपमा संविधानसभा चुनावमा माओवादी पहिलो पार्टीको रूपमा स्थापित भएकाले शान्ति प्रक्रिया टुंग्याउन प्रमुख जिम्मेवारी पनि उसकै भएको नेताको धारणा थियो । ुशान्ति प्रक्रियाको चाबी माओवादीसँग नै छ तर जम्मै पार्टी उस्तै हुन् भन्ने सन्देश जनतामा जानु भएन,ु उनले भने, ुमाओवादी कुरा देश भक्तिको गर्छ अनि काम देशद्रोहीको गरिरहेको छ ।ु उनले २०६३ मा लोकतन्त्र पुनबर्हाली भएपछि पहिलोपल्ट खुलामञ्चमा यति धेरै जनसहभागिता भएको दाबी समेत गरे । अर्का नेता केपी ओलीले माओवादीले अझै आतंककारी गतिविधि नछोडेेको आरोप लगाए । ुबाँदरलाई खेताला लगाएर कसैले मकैको कुन्युँ ठड्याउन सक्दैन,ु ओलीले भने, ुअहिले त्यस्तै भएको छ ।ु उनले बाबुराम भट्टराई नेतृत्वको सरकार नालायक भएको टिप्पणी गर्दै जति यो सरकार लम्बियो त्यत्ति नै मुलुकले दुःख पाउने दाबी गरे । ुनालायक सरकार भ्रष्टाचार कहाँ गर्न पाइन्छ भन्दै ुस्वाँक।।स्वाँकु सुँध्दै हिँड्दै गर्छ,ु ओलीले भने, ुजनताका समस्या एकातिर छन्, माओवादीका नेता राजधानीमा टावर निर्माणमा व्यस्त छन् ।ु उनले माओवादी नेताहरूको आर्थिक हैसियतमाथि पनि प्रश्न उठाएका छन् । ु१० वर्षसम्म निरन्तर जागिर खाँदा पनि साना छोराछोरीलाई एउटा साइकल किनिदिन पनि समस्या पर्छ,ु उनले उदाहरण दिँदै भने, ुतर जनताका लागि खाली खुट्टा ुजनयुद्घु भनेर जंगल हिँडेका मान्छे फर्केर आउँदा टावर बनाउने भएका छन्, चिल्ला पजेरोमा सयर गर्दै कमरेड लालसलाम भन्दा नदेख्ने भएका छन् ।ु उपाध्यक्ष वामदेव गौतमले पनि माओवादीप्रति कडा आलोचना गर्दै सत्ताकब्जा र जनविद्रोह कसका लागि गर्ने धम्की दिएको भन्दै प्रश्न गरे । उनको पनि प्रहार पनि सरकारमाथि बढी थियो । इतिहासमा नै भट्टराई नेतृत्वको जस्तो साम्राज्यवाद र विस्तारवादको दलाल र विदेशीसँग आत्मसमर्पण गर्ने सरकार अहिलेसम्म नबनेको आरोप लगाए । उनले मधेसलाई टुक्रयाउने र सम्बन्ध विच्छेद गर्ने केही नेताहरूको भनाइप्र्रति चेतावनी दिए । ुमधेसी पार्टी मधेस मुक्तिका लागि होइन, भ्रष्टाचार गर्न सरकारमा गएका हुन्,ु उपाध्यक्ष गौतमले भने । अर्का उपाध्यक्ष अशोक राईले पनि शान्ति र संविधानप्रति चासो देखाउँदै माओवादी र कांग्रेसभित्रको अन्तरविरोधले ती प्रक्रिया पूरा हुन नसकेको बताए । उनले शान्ति र संविधानको अवरोध गर्ने माओवादी र त्यसको नेतृत्वको सरकार भएकाले छिटो राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारका लागि बाटो खोलिदिन आग्रह गरे । महासचिव ईश्वर पोखरेलले शान्ति र संविधानका लागि अन्य दलहरूसँग सहकार्य पनि गर्नुपर्ने र उनीहरूसँग जुध्नु पनि पर्ने अवस्था रहेको बताए । तर, आफूहरूले हिंसा, लुट र अधिनायकत्वको विचार छोडेको माओवादीसँग मात्र सहकार्य गर्न सक्ने बताए । ुहामी विचारमा सौदाबाजी गर्ने छैनौं । हिंसा, अधिनायकत्व र परिवर्तन नचाहनेसँग सहकार्य हुने छैन,ु महासचिव पोखरेलले भने, ुशिविरमा हतियार रहुन्जेलसम्म शान्ति प्रक्रिया टुंगिँदैन ।ु सचिव युवराज ज्ञवालीले उग्रवामपन्थी र दक्षिणपन्थी विचार राख्नेहरू रहेको अवस्थामा मुलुकलाई अघि बढाउने क्षमता भएको एक मात्र शक्ति एमाले भएको दाबी गरे । यसैबीच एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक आइतबारदेखि राजधानीमा सुरु भएको छ । बुटवलमा भएको आठौं महाधिवेशनपछि एमालेको राजधानीमा सबैभन्दा ठूलो जमघट भएको हो । यो बैठकले शान्ति प्रक्रिया, संविधान निर्माण, पार्टीभित्रका विगतका कमजोरीको समीक्षासहित भावी कार्यदिशाको तय गर्ने नेताहरूले बताएका छन् । बैठकको आइतबार राजधानीमा बृहत् जनप्रदर्शनसहित नेताहरूले उदघाटन गरेका छन् । देशभरका झन्डै नौ सय प्रतिनिधि सहभागी बैठकमा सोमबारबाट एजेन्डाहरूमाथि छलफल हुने नेता खगराज अधिकारीले जानकारी दिए । सेनामा खेल्ने प्रयास एमाले नेताहरूले माओवादीले समायोजनाका नाममा नेपाली सेनाभित्र खेल्ने प्रयास गरेको बताएका छन् । उनीहरूले राष्ट्रिय चरित्रको सम्मानित सेनालाई भागबन्डाको नियुक्ति जस्तो सम्झेर राजनीतीकरण गर्न खोजेको भन्दै नेताहरूले आपत्ति जनाए । वरिष्ठ नेता नेपालले माओवादीको सेनामा घुसपैठ गर्ने योजनालाई सफल हुन नदिने बताए । उनले समायोजन भएर बन्ने महानिर्देनालयमा दोस्रो दर्जा नभई नहुने अडान राख्नुको अर्थ सेनाभित्र खेल्ने प्रयास भएको टिप्पणी गरे । ुयो आम नेपालीको सेना हो, त्यसभित्र व्यावसायिक अभ्यास हुन्छ तर प्रतिनिधित्वको कुरा गर्ने हो भने राजनीति गर्न खोज्नु हो ।ु नेता ओलीले पनि माओवादीले सत्ताकब्जा र सेनाभित्र खेल्न खोजेको बताए । महासचिव ईश्वर पोखरेलले नेपाली सेनाभित्र जर्नेल र कर्णेल पद भागबन्डा गर्ने चिज नभएको बताए । ुअन्य निकायमा जिएम र चेयरमेन चाहियो भनेजस्तो भागबन्डा हुँदैन,ु उनले भने, ुनेपाली सेनामा जर्नेल र कर्णेल भागबन्डा गर्ने कुरा कदापि मान्य हुँदैन ।ु उनले नेपाली सेनाको एकीकृत र राष्ट्रि्रय चरित्र कमजोर हुने काम कदापि हुन नदिने बताए ।



