पर्यटनमन्त्री तथा माओवादी नेता लोकन्द्र बिष्ट मगरलाई युएईको अवुधावीमा पक्राऊ

पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्टलाई भीसा समस्याको कारण संयुक्त अरब इमिरेट्स (युएई)को अवुधावी अन्तर्राष्ट्रिय विमानस्थमा प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

 

काठमाडौंबाट इतिहाद एयरवेजबाट उडेका मन्त्रीको जर्मनी जाने भीसा नभएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जर्मनीको एक सम्मेलनमा हिँडेका उनी गए रातिदेखि अवुधावी विमानस्थलको अध्यागनमा छन् । युएईस्थित नेपाली दूतावासले मन्त्री अवुधावी विमानस्थलको अध्यगमनमा भएको जनाउँदै विस्तृत कारण थाह नभएको बताएको छ ।

 

इत्तेहाद एअरवेजको विमान आबु धाबी ट्रान्जिट हुँदै बर्लिन उड्ने गर्छ।

जर्मनीमा मंगलबार बिहान पुग्ने पर्ने मन्त्री नपुगेपछि त्यहाँस्थित नेपाली दूतावासले नआएको जनाएपछि उनको सोधखोज शुरु भएको थियो । अवुधावीमा रहेको नेपाली दूतावासले मन्त्रीसँगको भेटपछि मात्र जानकारी दिन सक्ने बताएको छ । मन्त्रीको साथमा उनको श्रीमती समेत रहेको बुझिएको छ ।

काठमाडौंस्थित परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जर्मनीका लागि प्रवेश आज्ञा नभएका कारण मन्त्री विष्ट आवुधावी विमानस्थलमा रोकिएका हुन् । परराष्ट्रको आग्रहमा काठमाडौंस्थित जर्मन दूतावासले आवुधावीको आफ्नो दूतावासलाई प्रवेश आज्ञा दिन आग्रह गरेपछि मन्त्री विष्ट जर्मनी जाने वातावरण बनेको छ ।