समायोजनमा लडाकुलाई महानिर्देशनालयको उच्च तहमा प्रतिनिधित्व हुन सहमत भइदिन माओवादीले गरेको आग्रहलाई काँग्रेसद्धारा फेरि अस्वीकार

समायोजनपछि माओवादी लडाकु रहने सेनाको प्रस्तावित नयाँ महानिर्देशनालयको उच्च तहमा माओवादीको प्रतिनिधित्व हुनुपर्ने विषयमा सहमत भइदिन एकीकृत माओवादीले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले फेरि अस्वीकार गरेको छ।


माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई भेटी उक्त प्रस्तावमा लचकता अपनाउन आग्रह गरेका थिए ।


काँग्रेसले विगतको सात बुंदे सहमति भन्दा बाहिर गएर लचकता अपनाउन नसकिने जवाफ दिएको दुई नेताको भेटमा सहभागी काँग्रेस नेता रामशरण महतले बताए ।


प्रमुख तीन दलबीच बस्ने भनिएको बैठक स्थगित भएपनि माओवादी अध्यक्ष दाहालले नेपाली काँग्रेसका सभापति कोइरालाई छुट्टै भेटेका थिए ।

 

काँग्रेस सभापतिसँगको भेटमा दाहालले सेनाको प्रस्तावित महानिर्देशनालयमा माओवादीको उपल्लो तहमा प्रतिनिधित्व गराउने विषयमा लचक हुन आग्रह गरे।

तर काँग्रेसले दाहालको उक्त मागमा सहमत हुन नसकिने जवाफ दिएपछि अल्झिएको गाँठो फुक्नेमा कुनै ठोस सहमति हुन नसकेको नेता महतको भनाइ थियो।


महतले भने,