प्रमुख तीन दल र मधेशी नेताद्धारा संविधानमा नागरिकताको समान अधिकारको व्यवस्था गर्ने प्रतिवद्धता

citizenship– कल्पना घिमिरे

 

काठमाडौ  – प्रमुख तीन दल र मधेशी मोर्चाका शिर्ष नेताले संविधानमा नागरिकताको समान अधिकारको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

संकल्पलगायत नागरिकतामा समान अधिकारका लागि कार्यरत पाँच महिला सञ्जालले संयुक्त रुपमा आयोजना गरेको नागरिक भेलामा बोल्दै उनीहरुले सबै दलमा व्यापक छलफल गरी महिला र पुरुष दुबैलाई नागरिकता वितरण प्रणाली समान बनाउने धारणा राखे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिकताबारे सबै राजनीतिक दलहरु कहिं न कहिं चुकेको बताए ।