एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको टोलीलाई सरकारले सगरमाथा आरोहण गर्न दुई करोड रुपैया अनुदान दिनु देशको ढुकुटीमाथिको डकैती भएको टिप्पणी गर्नुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा नियमित स्वास्थ्य जाँच गरी स्वदेश फर्कनुभएका नेता ओलीले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग बोल्दै सगरमाथा आरोहण गर्नलाई अनुदान दिने सरकारी निर्णय फिर्ता लिनुपर्ने माग गर्नुभयो ।



