काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूमाथि राजीनामाको दबाब नरहेको बताएका छन् । उनले राजीनामा पनि नदिने स्पष्ट पारे ।
‘राजीनामाको दबाब छैन,’ सोमबार माओवादी संसदीय दलमा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसित भने, ‘राजीनामा हुँदैन ।’
बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्रीले नछाड्ने दाबी गरे ।
‘राजीनामा दुइटा अवस्थामा हुन्छ, राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था वा संसदीय पद्दतीबाट,’ माओवादी पोलिट्ब्युरो सदस्यसमेत रहेका उनले भने, ‘कसैको सडकबाट चाहना हुँदैमा राजीनामा हुँदैन ।’ – कान्तिपुर



