सिरहाको चन्द्रोदयपुरमा प्रहरीसँग भएको गोली हानाहानमा दुई अपहरणकारीको मृत्यु

– भरत जर्घामगर

 

सिरहा  – सिरहाको चन्द्रोदयपुरमा बुधबार साँझ प्रहरीसँग भएको गोली हानाहानमा दुई अपहरणकारीको मृत्यु भएको छ ।

असनपुरबाट शनिबार अपहरित कपडा व्यापारी विजयकुमार साहलाई अपहरणमुक्त गराउन गएको प्रहरी टोलीसँग साँझ पौने ७ बजे चन्द्रोदयपुरको कमलदहमा गोली हानाहान हुँदा दुई अपहरणकारीको मृत्यु भएको सिरहाका प्रहरी प्रमुख एसपी राजेशलाल कर्णले जानकारी दिए ।

मृत्यु भएका अपहरणकारीको सनाखत भएको छैन । घटनास्थल जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । सिरहामा प्रहरीसँगको गोली हानाहानमा अपहरणकारीको मृत्यु भएको यो पहिलो घटना हो ।