माओवादी सचिव सीपी गजुरेलको संयोजकत्वमा जनताको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लगायतका विषयमा संघर्ष गर्नका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गरेको छ । समितिले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
समितिमा माओवादीका उपाध्यक्ष मोहन बैद्य समुहका साथै १२ वटा विभिन्न राजनीतिक पार्टी तथा संगठनहरु रहेका छन् । शुक्रबार समितिले आफ्नो नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममा राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारका विरुद्ध प्रगतिशील, देशभक्त, गणतन्त्रवादी एवं संघीयताका पक्षधर शक्तिहरुलाई एक जुट हुन आह्वानसमेत गरिएको छ ।
समितिले जारी गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ:
संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालको नीति र कार्यक्रम
राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान,
शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारका विरुद्ध
सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी एवं संघीयताका पक्षधर शक्तिहरु एकजुट होऔं
जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका निम्ति संघर्ष गरौं
नेपाली समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैगिक उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव व्याप्त छन् र जनता यी सबैबाट मुक्ति चाहन्छन् र निरन्तर संघर्षरत छन् । त्यसैले, मुलुकमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति, थारु, दलित, महिला, मुस्लिम आदि आन्दोलनहरु हुँदै आएका छन् । त्यसैको फलस्वरुप देशमा केही वर्षदेखि शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया चलिरहेको छ । तर शान्ति प्रक्रिया धरापमा परेको छ भने संविधान लेखन कार्य अवरुद्धजस्तै छ । सिंगो देश गम्भीर राजनीतिक एवं आर्थिक संकटबाट गुज्रिरहेको छ र स्थिति निकै भयावह र विस्फोटक बन्दै गैरहेको छ ।
मुुलुकको सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण तीव्र गतिमा बढिरहेको छ । थुपै्र असमान सन्धिहरु यथावत् छँदैथिए, त्यसमाथि सरकारद्वारा थप राष्ट्रघाती सन्धिहरु गरिएका छन् । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता खतरामा परेको छ । संघीयता, जातीय



