एमाले झलनाथ खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पोस्टेड ग्याल्याण्डको शल्यक्रिया

काठमाडौ  – नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालको आज बिहान ८ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पोस्टेड ग्याल्याण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

शल्यक्रियाका लागि उनी हिजो सो अस्पतालमा भर्ना भएको केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापाले बताए ।

अध्यक्ष खनाल तीन दिनसम्म अस्पतालमै आराम गरी यही चैत १७ गते स्वदेश फर्किने उनले जानकारी दिए । रासस