तीन महिनादेखि तलव खान नपाएको भन्दै कर्मचारीले आन्दोलन चर्काएपछि रेडियो नेपालका कार्यकारी निर्देशकद्धारा राजीनामा


 

तीन महिनादेखि तलव खान नपाएको भन्दै कर्मचारीले आन्दोलन चर्काएपछि रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्लले आज पदबाटै राजीनामा दिनुभएको छ ।

 

साढे दुई वर्ष अघि रेडियो नेपालमा कार्यकारी निर्देशक नियुक्त हुनु भएका शुक्लले सरकारी संस्था भएपनि सरकारले आवश्यक बजेट नदिने तर कर्मचारीले भने आफैलाई दोषी ठान्ने भएपछि काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिनुभएको जनाइएको छ ।