काठमाडौं, १७ चैत सेना समायोजन विशेष समितिको बैठक आज बस्ने भएको छ ।
बैठकमा माओवादी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्ने मापदण्ड तथा कार्ययोजना सार्वजनिक गर्न सकिने सम्भावना रहेको समिति सदस्य भीम रावलले ओएनएसलाई बताए ।
उनका अनुसार समितिको सचिवालय नयाँ बानेश्वरमा १२ बजेपछि बैठक बस्ने छ ।