काठमाडौं, १७ चैत रिपोर्टर्स क्लव नेपालले आफ्नो आजदेखि १४ वर्ष प्रवेश गरेको छ । क्लवले आफ्नो १४ औं वाषिर्कोत्सव आज मनाउँदैछ ।
वाषिर्कोत्सवको अवसरमा क्लवले दिउँसो २ बजे राष्ट्रिय सभागृहमा शान्ति र संविधानको लागि राष्ट्रिय सहमतिको बिषयमा छलफल कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहनेछ ।
वाषिर्कोत्सवको अवसर पारेर क्लबले यस वर्षको ुगिरिजाप्रसाद कोइराला स्मृति वरिष्ठ पत्रकारिता पुरस्कारु द रिपब्लिका अंग्रेजी राष्ट्रिय दैनिकका प्रधान सम्पादक अमित ढकाललाई प्रदान गर्ने भएको छ । निष्पक्ष पत्रकारिता, प्रेस स्वतन्त्रता र व्यावसायिक सञ्चारको पक्षमा महत्वपूर्ण भूमिका खेलेकोले पत्रकार ढकाललाई एक लाख एक रुपैयाँसहित ताम्रपत्र प्रदान गरिने क्लवका अध्यक्ष ऋषी धमलाले जानकारी दिए ।
२० हजार राशिको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका शालिग्राम तिवारी, २० हजार राशिको उमासिंह स्मृति पत्रकारिता पुरस्कार घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतलाई प्रदान गर्ने क्लबले जनाएको छ ।
क्लवले ३० हजार राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका समाचार ब्युरो प्रमुख किरण पोखरेललाई, २० हजार राशिको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका शुभशंकर कँडेललाई सोही कार्यक्रममा प्रदान बताएको छ ।