काठमाडौं, २० चैत समायोजनबारे थप छलफल गर्न माओवादी लडाकुको रेखदेख तथा पुनस्थापना सम्बन्धि सेना समायोजन विशेष समितिको बैठक आज पनि बस्ने भएको छ ।
समायोजनको दर्जा मिलान र कार्यविभाजनमा कुरा नमिलेपछि हिजो बैठक निष्कर्षविहीन भएको थियो । सोही विषयमा थप छलफल हुने समिति सदस्य एमाले नेता भीम रावलले ओएनएसलाई बताए ।
रावलका अनुसार आजको बैठकमा सैनिक नियमावली र सेनाको मापदण्डका आधारमा समायोजनको कुरा मिले लडाकुको समायोजन प्रक्रिया आज टुङ्गो लाग्न सक्ने छ ।
बैठक बेलुका ७ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने जनाइएको छ ।