माओवादी औपचारिक रुपमा विभाजित हुँदै, प्रचण्डद्धारा मोहन वैद्य समूहको सशक्त प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन

– माओवादी अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष मोहन वैद्य समूहका कृयाकलापको राजनीतिक र वैचारिक रुपमा सशक्त प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी फुटको प्रसंग उल्लेख गर्दै प्रचण्डले २-४ जना नेताले पार्टी छाड्दैमा फरक नपर्ने बताएको नेता जनाए।

 

स्रोतका अनुसार माओवादी केही दिनमा नै औपचारिक रुपमा विभाजित हुने भएको छ । भने उता  जनसंविधान जारी नभए नयाँ संविधानका लागि नयाँ आन्दोलन शुरु गर्ने बैद्य पक्षले सार्वजनिक गरेपछि प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिंदै बैद्य समूहका गतिविधिको प्रतिकार गर्न निर्देशन दिएका छन्।

प्रचण्डले शान्ति र संविधान लेखन बिथोल्न बैद्य पक्ष लागि परेको आरोप समेत लगाए ।


असन्तुष्ट बैद्य पक्षले पार्टी नेतृत्व र सरकारप्रतिको आक्रोश सार्वजनिक ढंगले प्रकट गर्न थालेपछि पार्टी संस्थापन पक्षले पनि आन्तरिक प्रशिक्षण शुरु गरेको छ।


सोमबार काठमाण्डूमा आयोजित माओवादीको नेवा: राज्य समितिको प्रशिक्षणमा प्रधानमन्त्री बाबुराम भट्टराईका साथ प्रचण्ड सहभागी भएका थिए।


प्रचण्डले दिएको निर्देशनबारे जानकारी दिँदै नेवा: राज्य समितिका सचिव नारायण दाहालले भने,