माओवादी लडाकुहरुले चैत ३० गते नेपाली सेनालाई हतियार बुझाउने

– सरोजराज अधिकारी

 

काठमाडौं  –  माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना बिशेष समितिले चैत ३० गते लडाकुहरु नेपाली सेनालाई हतियार बुझाएर तोकिएको सैनिक ब्यारेकतर्फ लाग्ने गरी कार्यतालिका निर्माण गरेको छ ।

बुधबार साँझ शीर्ष नेताहरुसहित बसेको बिशेष समितिको बैठकले विवादमा रहेको दर्जा, मापदण्ड र ब्रिजिङ कोर्षको समयावधीलाई थाति राखेर अन्य कार्य अघि बढाउने गरी कार्यतालिका निर्माण गरेको हो ।

कार्यतालिका अनुसार चैत २४ गतेदेखि पुनःवर्गीकरणको काम अगाडि बढाइनेछ । २४ गते राजधानीबाट जाने समिति मातहत सचिवालयको टोलीले २५ गते क्याम्प खडा गर्ने, २६ गते आवश्यक तयारी गरी २७ गतेदेखि पुनःवर्गीकरणको काम सुरु गर्ने छ ।

२७ गतेदेखि सुरु हुने पुनःवर्गीकरण अगाडि नै विवादित महानिर्देशनालय, दर्जा निर्धारण, विशेष तालिम र छनोट समितिमा सहमति जुटाउने निर्णय भएको छ ।


कार्यतालिकाको पूर्ण विववरण यस्तो छ:

माओवादी सेनाका लडाकुहरूको समायोजन कार्ययोजना

माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापनसम्बन्धी

विशेष समिति २०६८ चैत

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४६ बमोजिम गठित विशेष समितिको मिति २०६८।१२।२२ को निर्णयअनुसार माओवादी सेनाका लडाकुहरूको लागि समायोजनको कार्ययोजना र कार्यतालिका देहायबमोजिम तय गरिएको छ :

१. समायोजनका लागि देहायबमोजिम केन्द्रहरू निर्धारण गरिएको छ:-

हाल मुख्य तथा सहायक शिविरहरूमा रहेका माओवादी सेनाका लडाकुहरूलाई समायोजन कार्यको लागि नेपाली सेनासँग समन्वय गरी पायक पर्ने निम्नअनुसारका समायोजन केन्द्रहरू निर्धारण गरिएको छ ।

(क) अधिकृत तहका लागि: मध्य पृतनाअन्तर्गत शम्सेर दल गण, भरतपुर

(ख) अन्य दर्जाको लागि:

I. पूर्वी पृतना हेडक्वाटर, ईटहरी:

i. चुलाचुली, ईलाम