महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नुवाकोट बालकुमारी ७ का कमल खतिवडा, नुवाकोट हल्दे ८ का २९ बर्षीय रजमान तामाङ, नुवावाकोट राउतबेशी ६ का ३० बर्षीय चुडाबहादुर मोक्तान छन ।
उनीहरुले बुधबार पिपुल्स वार ग्रुपको नामममा उपत्यकाको चार ठाउँमा बम राखेका थिए । पक्राउ पर्नेमा खतिवडा महामन्त्री, तामाङ उपत्यका इन्चार्ज, मोक्तान सदस्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तीन थान मोवाइल, पाँच वटा सिमकार्ड, बम बनाउन प्रयोग हुने सकेट एक थान, बम राख्न प्रयोग गरिएको मोटरसाइकल एउटा बरामद गरेको महाशाखाले जनाएको छ ।
उनीहरुले बा १ ख ७१२८ राखेको बम चावहिल, बा १ ख ५१६८ तिलिङगेटार, बा १ ख ८४१० गोकणमा, बा १ ख ४१२६ खानीखोला र बा २ ख १०१९ नम्बरको सवारीमा राखेको बम त्रिशुलीमा निस्कृय गरेको थियो । उनीहरुले काठमाण्डौं मलको तेस्रो तल्ला, लिटल एन्जल्स स्कुल हात्तिवन गेट अगाडी, ओम नसिङर्ग होमको डस्टविन र दरबारमार्गको केएफसी अगाडि फोहोर फाल्ने ठाउमा बम राखेको हल्ला गरेका थिए ।



