माओवादी उपाध्यक्ष मोहन बैद्य र सचिव सिपी गजुरेलद्धारा पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईको पुत्ला दहन

Photo8

 

प्रचण्ड, किरण तथा प्रधानमन्त्री भट्टराई (फाइल फोटो)http://www.bbc.co.uk/nepali/audio_console.shtml?programme=nep1500_fri (AUDIO) माओवादी उपाध्यक्ष मोहन बैद्य र सचिव सिपी गजुरेलकै नेतृत्वमा काठमाण्डौंमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाईएको छ।

जनआन्दोलन दिवसको अवसर पारेर शुक्रबार दुबै पक्षले अलग अलग कार्यक्रम गरी एक अर्काको आलोचना गरेका थिए।


पञ्चायत विरोधी जनआन्दोलन सफल भएको दिन २०४६ साल चैत २४ र दोस्रो जनआन्दोलन शुरु भएको दिन चैत २४ गतेको सम्झनामा माओवादीको संस्थापन र असन्तुष्ट पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका हुन्।


संस्थापन पक्षले काठमाण्डौंको बसन्तपुर र असन्तुष्ट पक्षले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम गरी एकअर्काको उछितो काढे।


संस्थापन पक्षको कार्यक्रममा बोल्ने नेताहरुले वैद्य पक्षसँग अझै युद्धको धङधङी बाँकी रहेको आरोप लगाए।


त्यसरी खुलेर आलोचना गर्नेमा माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई पनि थिए ।

 

उनले भने,