नवलपरासीको सदरमुकाम परासीमा शनिबार आयोजित आमसभामा कोइरालाले मिश्रित हिन्दी भाषामा सम्बोधन गरे । हिन्दीमा सम्बोधन गरे पनि उनले जातीय संघीयताको भने विरोध गर्न छुटाएनन् ।
कोइरालाले जातीय राज्यले सधै भरि जात जातिविच बैमनश्यता र झै झगडा उत्पन्न हुने भएकोले फरक ढंगले संघीयता हुने र राज्यको संख्या पनि थोरै मात्र बनाउनु पर्ने धारण ब्यक्त गरेका थिए । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुँदा नयाँ तानाशाहको जन्म हुने भएकोले कांग्रेस संसदीय ब्यवस्था, संसदद्वारा निर्वाचित प्रधानमन्त्री राख्ने पक्षमा रहेको बताए । राजतन्त्र फालेर लोकतन्त्र आएको र अहिले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति बनाएर राजा जस्तै तानाशाहको जन्म दिने पक्षमा नेपाली कांग्रेस नरहेका जनाए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालकोजस्तै वर्तमान सरकार पनि शान्ति सुरक्षा कायम गर्न असफल रहेको बताउँदै उनले भने,



