– कमल पन्थीसीमा सुरक्षा बल एसएसबी स्रोतका अनुसार नेपाली माओवादीले भारतीय माओवादीलाई एके ४७ बन्दुक ठूलो मात्रामा पठाउन लागेको सूचनाका आधारमा सवारी साधनमा रोक लगाइएको हो । दिल्लीको गृह मन्त्रालयले नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा सवारी साधन दुई दिनलाई रोक्न निर्देशन दिएको स्रोतले जनायो ।
रातारात वाकीटकीबाट सूचना आएपछि सीमाको सुरक्षा कडा पारिएको एसएसबीका एक अधिकारीले बताए । यात्रुलाई भने कडा सुरक्षा जाँचपछि मात्र सीमामा आउजाउ गर्न दिइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक मानसिंह मौनीका अनुसार दुई दिनका लागि जिल्लाका सीमामा सवारी साधन बन्द गर्ने जानकारी एसएसबीले दिएको छ । उनले यात्रु बाहक टाँगा भने नेपाली सुरक्षा अधिकारीको आग्रहमा चल्न दिएको बताए । भारतले दक्षिणी राज्यमा सुरक्षा फौज र माओवादीबीच केही समययता भइरहेको भिडन्तमा नेपाली माओवादीले सहयोग पुर्याएको शंका गर्दै आएको छ । जिल्लासँग जोडिएको ८० किमि लामो अन्तर्राष्ट्रिय सीमामा एसएसबीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।



