सशस्त्र प्रहरी बलको महानिरीक्षकमा कोषराज वन्त नियुक्त

– बलराम बानियाँ

 

काठमाडौ – सशस्त्र प्रहरी बलको महानिरीक्षकमा कोषराज वन्त नियुक्त भएका छन् ।

 

मन्त्रपरिषद्‌को सोमबार साँझ बसेको बैठकले निमित्त सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई महानिरीक्षक नियुक्त गरेको अर्थमन्त्री वर्षमान पुनले दिएको जानकारी दिए ।

 

उमेरको हदका कारण बलका महानिरीक्षक शैलेन्द्र श्रेष्ठले बुधबारबाट अनिवार्य अवकाश पाउँदै छन् । उनी बिदामा बसिसकेका छन् । वन्तले सोही दिनबाट कार्यभार सम्हाल्ने छन् ।

 

सशस्त्र प्रमुखको प्रतिस्पर्धामा वन्तसहित ठाकुरकुमार श्रेष्ठ र दुर्जकुमार राई पनि प्रतिस्पर्धामा थिए । मन्त्रिपरिषद् बैठकले मुलुकका १३ स्थानमा कर सेवा कार्यालय खोल्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा केन्द्र नभएका गाविसमा खोपकेन्द्र मार्फत सेवा दिइनेसमेत निर्णय भएको मन्त्री पुनले जानकारी दिए ।

 

 

Editing By Manoj Kumar KC in Madird.