सम्मानजनक समायोजन नभए धेरै जसो माओवादी लडाकुहरु स्वेच्छिक अवकासमा जाने

माओवादी लडाकुसमायोजनमा जाने लडाकुहरुलाई बिहीबारसम्म नेपाली सेनाको जिम्मा लगाउने माओवादी शीर्ष नेतृत्वको प्रतिवद्धताकाबीच एक लडाकु कमाण्डरले सम्मानजनक समायोजन नभए आफुहरुले सामूहिक अवकाशको निर्णय लिन सक्ने बताएका छन्।


समायोजनकै विषयमा माओवादीको सैनिक र राजनीतिक नेतृत्व बीच रहेको मतान्तरले गर्दा आइतबारदेखि शुरु भएको दोस्रो चरणको स्वेच्छिक अवकाश र पुनर्स्थापना कार्यक्रम रोल्पामा बाहेक अन्यत्र अवरुद्ध भएको छ।


माओवादीको शीर्ष नेताहरुले छिट्टै शान्ति प्रक्रिया टुङ्गिने आश्वासन दिइरहँदा समायोजनमा जाने लडाकुको सूची तयार पार्ने जिम्मा पाएका कमाण्डरहरु भने समायोजनमा जाने वा नजाने बारेमा स्पष्ट देखिंदैनन्।

 

ईलामको चुलाचुलीस्थित माओवादी शिविरका कमाण्डर यमबहादुर अधिकारी “प्रतीक्षा” ले सम्मानजक समायोजन हुने अवस्था नआए लडाकुहरुले कठोर निर्णय लिई क्याम्प खाली गर्न सक्ने बताए।

उनले भने,