प्रधानमन्त्री भट्टराईद्धारा शान्ति प्रक्रिया र संविधान निर्माणबारे राष्ट्रका नाममा सम्बोधन

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणबारे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

माओवादी लडाकु शिविर नेपाली सेनालाई जिम्मा लगाएसँगै चार वर्षदेखिको शान्ति प्रक्रियाको गतिरोध हटेपछि प्रधानमन्त्रीले बिहीबार साँझ सवा ६ बजे सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनमा प्रधानमन्त्री भट्टराईले नयाँ संविधान निर्माणका लागि दलहरुलाई आह्वान गर्दै जनतालाई आश्वस्त पार्ने बताइएको छ ।