राष्ट्रपति रामबरण यादवले संघीयतामा जांदा, उनकै भनाइमा, देश विखण्डन हुने खालको गंध आएमा त्यो आफ्नो हातबाट जारी नहुने बताएका छन्।
दलहरुले शान्ति प्रक्रियाका मुख्य विषयहरु लगभग टुंग्याई संविधान निर्माण तिर ध्यान केन्द्रित गर्न लागेका बेला राष्ट्रपतिले जथाभावी राज्य पुनर्संरचना नगर्न दलहरुलाई सचेत पनि गराए।
राष्ट्रपति रामबरण यादवले प्राय: नियमित जसो दलका नेताहरुलाई कहिले भेटेर, त कहिले सार्वजनिक रुपमै सचेत गराँउदै आएका थिए।
काभ्रेमा शुक्रबार एक शक्तिपीठको उदघाटन कार्यक्रमा बोल्दै राष्ट्रपति रामबरण यादवले भने,



