शीर्ष नेताहरुद्धारा संविधानका विवादित विषयमा समाधान पहिल्याउन आफूहरु सहमति नजिक पुगेको उल्लेख

आईतबारदेखि छलफलमा ब्यस्त प्रमुख दलका शीर्ष नेताहरुले संविधानका विवादित विषयमा समाधान पहिल्याउन आफूहरु सहमति नजिक पुगेको बताएका छन्।


प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र तराई केन्द्रित दलहरुको मधेशी मोर्चाका नेताहरुको बैठकमा संविधान निर्माणका क्रममा देखिएका मुख्य पाँच विषयमा विस्तृत छलफल भएको थियो।




राजधानी काठमाडौंको दक्षिणी भेगमा रहेको हात्तिबन रिसोर्टमा आईतबार शुरु भएको शीर्ष नेताहरुको बैठकमा मुलुकको संघीय संरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणाली र नागरिकताका सम्बन्धमा विस्तृत छलफल भएको छ।


दलहरुको आ आफ्नै अडानका कारण कुनै पनि विषयमा अन्तिम सहमति भने हुन सकेन।


माओवादीले पहिचान सहितको संघीयता हुनुपर्ने अडान राख्यो भने काँग्रेस र एमालेले भूगोलका आधारमा संघ निर्माण हुनुपर्ने अडान दोहोराए।


तर ६ देखि ८ वटा सम्म संघहरु निर्माण गर्ने बारेमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन्।

त्यस्तै काँग्रेसले संसदीय ब्यवस्थामा जानुपर्ने पुरानै अडान राख्यो भने माओवादीले जनताबाट निर्वाचित प्रत्यक्ष राष्ट्रपतीय पद्धतिको अडान नछोडेपछि सहमति भएन।


अबका बैठकमा लचिलो भएर प्रस्तुत हुने र सहमति गर्ने विषयमा नेताहरु एक भएको बैठकका एकजना सहभागी एमाले नेता शंकर पोखरेलले बताए।


उनले भने,