बढिमा पाँच दिनभित्र संविधानका बिवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुलाई अन्तिम मौका

संविधानसभासंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बढिमा पाँच दिनभित्र संविधानका बिवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुलाई मंगलबार अन्तिम मौका दिएका छन्।


पाँच दिन भित्र सहमति जुटाउन नसके संविधानसभाले बहुमतका आधारमा विवादित विषयको टुंगो लगाउने जानकारी सभामुखले नेताहरुलाई गराएका छन्।


संवैधानिक समितिको बैठकमा नेताहरुले समय मागेपछि सभामूखले बुधवार कार्य ब्यवस्था समितिको बैठकबाट त्यसबारे औपचारिक निर्णय लिने बताए।


संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठकमा उपस्थित प्रमुख दलका शीर्ष नेताहरुले छलफलहरु सकरात्मक रुपमा अघि बढेको भन्दै केही दिनको समय दिन सभामुख सुवास नेम्वाङलाई आग्रह गरेका थिए ।

 

दुई दिनसम्म चलेको हात्तिबन बैठकले आफूहरुबीचका मतान्तर साँघुरो बनाउँदै लगेकाले सहमति जुट्ने विश्वास नेताहरुले व्यक्त गरेपछि सभामुखले पाँच दिन भित्र समाधान पहिल्याउन अन्तिम मौका दिएका हुन् ।

बैठकबारे संविधानसभाका सल्लाहकार टेकप्रसाद ढुंगानाले भने,