दलहरुले तत्काल सहमति नगरे संविधानको मस्यौदा तयार हुने तर संविधान जारी हुन नसक्ने संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले बताए।
दलहरुबीच सोमबारसम्म सहमति बन्न सके त्यसैको आधारमा संवैधानिक समितिले मस्यौदा बनाउन शुरु गर्नेछ।
त्यसको प्रक्रियाबारे सभापति आचार्यले भने, “सहमतिको आधारमा संवैधानिक समितिले मस्यौदा बनाउँछ, मस्यौदा छलफलका लागि संविधानसभामा जान्छ, जनताका तहबाट आउने सुझाव र टिप्पणी समेटेर अन्तिम मस्यौदा बन्छ।”
मस्यौदा संविधानका हरेक धारा दुइ तिहाइले पारित गर्नुपर्ने संबैधानिक व्यवस्था छ।
यदि दलहरुबीच कुनै हालतमा सहमति बन्न सकेन भने मिल्न नसकेका बुँदाहरु संविधानसभाबाट बहुमतले पारित गर्नुपर्नेछ।
संविधान निर्माणमा रहेका आपसी विवाद मिलाउन पटक पटक समय थपेर पनि नसकेका दलहरुले आइतबार फेरि एकपटक एकदिनको समय थपिमागेका छन्।
आइतबार साँझ अबेरसम्म बसेर कुरा मिलाउने भनेका दलहरुले साँझमा केहिबेर बसी कुनै निर्णय नगरी बैठक टुंग्याएका थिए।
उनीहरुबीच शासकीय स्वरुप, संघीय संरचना, निर्वाचन प्रणाली र न्यायपालिकाबारेको विवाद कायमै छ।
सँधैजसो अन्तिम समयमा, उनीहरुकै शब्दमा



