विवादित विषयमा सहमति जुटाउन माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा सहितको बैठक निष्कर्षविहीन

– कुलचन्द्र न्यौपाने

 

काठमाडौं, वैशाख ११ – विवादित विषयमा सहमति जुटाउन प्रमुख राजनीतिक दलका नेताहरू सोमबार संविधानसभा भवनमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा सहितका प्रमुख दलहरूले विवादित विषयमा समाधान खोज्ने अन्तिम प्रयास गरेका थिए ।

नयाँ संविधान निर्माणमा विवादित विषय समाधानमा गर्न तत्परता देखाएका दलहरूले संवैधानिक परिषदमा दुई दिनको समय माग गरेका थिए । आजै (सोमबार) बस्ने भनिएको संविधानसभाको बैठकमा विवादित विषयमा मतदान हुने निर्णय भए पनि दलहरू सहमति नजिक पुगेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले थप दुई दिनको समय माग गरेका थिए ।

सयसअघि नै सहमति भइसकेका निर्वाचन प्रणाली र शासकीय स्वरुपका विषयमा छलफल चलिरहँदा निर्वाचन प्रणाली मिश्रित हुने भनिए पनि जम्मा कति संख्या राख्ने भन्ने विषयमा दलहरुबीच आआफ्नै पार्टीभित्र एकमत आउन सकेको छैन । स‌ंसद सदस्यहरूको संख्या कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फ १०५ वा २०५ सहित कुल ३ सय भन्दा बढी हुन नहुने प्रस्ताव आएको छ भने माओवादीका तर्फबाट प्रत्यक्ष तर्फ २४० र समानुपातिक गरी ४ सयको हाराहारीमा रहनुपर्ने प्रस्ताव प्रस्तुत भएको छ । विवादित विषयसँगै शीर्ष नेताहरु मात्रै छलफलमा जुटेका पनि बैठक बिना निष्कर्ष टुंगिएको एमाले नेता भीम रावलले बताए ।